कांग्रेसमा नेतृत्वका लागि दौडधुपः आफूनिटक केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल

नेपाली काँग्रेसमा महाधिवेशन नजिकिएसँगै यतिबेला नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र पौडेलको आकांक्षा छ ।

यसबीच पौडेलले आज आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्दैछन् । नेता पौडेलले महाधिवेशनबारे छलफल गर्न शुक्रबार दिउँसो बैठक बोलाएका हुन् । पौडेलले यसअघि बिहीबारका लागि बैठक बोलाएका थिए तर विपक्षी गठबन्धनका शीर्ष नेताहरुले पत्रकारसँग अन्तक्रिया कार्यक्रम गर्ने समयसँग जुधेपछि स्थगित भएको हो ।

काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरेको छ । अहिले क्रियाशील सदस्यता छुट्याउने काम भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार