चिलीलाई हराउँदै पाराग्वे दोस्रो स्थानमा उक्लियो

कोपा अमेरिका फुटबलमा आज बिहान भएका खेलमा पाराग्वेले चिलीमाथि २–० को जित निकालेको छ । स्टेडियो नासिनोलमा शुक्रबार बिहान भएको खेलमा पाराग्वेको जितमा सामु र मिगुइल अल्मिरोनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे ।

जितसँगै उरुग्वे र पारग्वेले प्रतियोगिताको क्वाटरफाईनलमा स्थान बनाएका छन् । समुह ‘ए’ को अंक तालिकामा अर्जेन्टिना ७ अंहसहित शिर्ष स्थानमा छ ।

६ अंक जोडेको पाराग्वे दोस्रो स्थानमा उक्लिंदा ५ अंकसहित चिली तेस्रो स्थानमा झरेको छ ।चौथो स्थानको उरुग्वेको ४ अंक छ भने अंकबिहिन बोलिभिया पाँचौ स्थानमा रहेको छ ।

समूहका ५ मध्ये बोलिभिया बाहेक अन्य ४ टोली क्वाटरफाईनलमा पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार