भीम रावलको प्रश्न, ‘अमेरिकी सहायक विदेशी मन्त्रीसँग ठुला नेताहरूको भेटघाट किन ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।

अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूसँग भेटघाट पछि उनले आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन ।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनै पर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयन लागि नेपाल आई सबै ठुला दलका नेतालाई भेट्नुपर्ने किन ?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठुला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’

सहायक विदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार