शनिबार एमालेको सचिवालय बैठक बस्ने

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा आज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोलि बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको हो ।

यसपटक धेरै र महत्वपूर्ण एजेण्डा नभएपनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उक्त बैठकमा उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार