डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा आत्महत्याको धम्की आयो : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेका चिकित्सकको दरबन्दी व्यवस्थापन गर्दा धम्की आएको बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित विधेयक (बजेट) माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की आएको बताए ।

दरबन्दी बाहिर भएर काठमाडौँमै बस्न चाहनेहरुबाट सचिवालयमाा धम्की आउने गरेको जानकारी दिँदै उनले बाहिरी जिल्लामा दरबन्दी भई ट्रमा सेन्टरमा बस्न चाहनेले आफू दरबन्दी भएको स्थानमा पठाए आत्महत्या गर्छु भनेरसमेत धम्क्याएको बताए । तर, मर्ने भए मेरो कोठामै मर्नु भन्नु भनेर सचिवहरुलाई जवाफ दिन भनेको उनले बताए ।

उनले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पारलगाएरै छोड्ने बताउँदै स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गर्ने प्रतिवद्धता जनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार