सन्तोषीलाई २१ वर्षे तिमिल्सिनाले बलात्कारपछि हत्या गरेको आशंका

प्रहरीको पत्रकार सम्मेलन केहीबेरमा...

काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत थिए । प्रहरीले उनलाई केहिबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कालोपुल बस्ने सन्तोषीलाई सुरेशले आइतबार भेटेपछि बलात्कारको प्रयास गरेको र यहि क्रममा विवाद हुदाँ गह्रुँगो वस्तुले हिर्काएर हत्या गरेको अनुमान छ । सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएको बयान दिएको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए । प्रहरीका अनुसार आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी चढेर बल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी पक्राउ परेको स्थानमा पुगेका थिए ।

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको रहेको बुधबार प्रहरीले पुष्टि गरेको थियो । स्थाननिय महिलले दिएको सुचनाका आधारमा प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो ।
टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार