सन्तोषीको हत्या आरोपमा एक युवक पक्राउ, आजै सार्वजनिक गरिने

दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले काठमाडौँको बौद्ध क्षेत्रबाट एक पुरुषलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई आजै सार्वजनिक गरिने जानकारी दिए । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको मंगलबार बिहान अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।

शवभेटिएपछि महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार