गुडिरहेको टिपरमा आगलागी

पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आगलागी भएर नष्ट भएको छ ।

इँटा लोड गरी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा आज बिहान अचानक आफै आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

समयमा आगो निभाउन नसक्दा टिप्पर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिप्पर हटाउने र घटना विषयबारे थप अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार