अमेरिकाको टेक्ससमा सवारी दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, तीनको अवस्था गम्भीर

अमेरिकाको टेक्ससस्थित टाइलरमा शनिबार भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । उनीहरू सवार पिकअपलाई ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी ३४ वर्षीय सिर्जन ज्ञवाली र ११ वर्षीय बालक इमेज कार्कीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दिनेश कार्की, गङ्गा कार्की, इभान कार्की र सृजन प्याकुरेल घाइते भएका छन् । प्याकुरेलको अवस्था सामान्य रहे पनि अन्य तीन जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक इमेज टेक्ससमा व्यवसाय गर्दै आएका दिनेश र गङ्गाका छोरा हुन् भने मृतक इवालीले कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार