क्यानडामा गुञ्जिँदै प्रकाश सपुत

गायक प्रकाश सपुतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुति दिँदै छन् । आँगन इभेन्ट्स एन्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेसनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानडा प्रस्तुत हुँदै छन् ।

कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुति दिने छन् । दुई निकै चर्चित गीत ‘गलबन्दी’ र ‘बोलमाया’ बाट स्थापित प्रकाशको प्रस्तुति हेर्न क्यानडामा रहेका नेपाली प्रतीक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए । “प्रकाशजीलाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौँ । उहाँका गीतहरू नेपाल झैँ क्यानडामा पनि लोकप्रिय छन्,” ज्ञानले भने ।

कार्यक्रम गर्नुको उद्देश्य नै संस्कृति र कलाको प्रवर्धन रहेको उनले बताए । कार्यक्रमबाट आर्जन भएको मुनाफा धार्मिक कार्यमा हस्तान्तरण गर्ने आयोजकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार