वैवाहिक बन्धनमा बाँधिइन् सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् । सोविता र गृहेन्द्र लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

सोबिता जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार