पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताको स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ । खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार