सञ्‍चार मन्त्रालयको बजेट १२ करोडले बढ्दा भौतिक मन्त्रालयको बजेट घट्यो

सरकारले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको तुलनामा आव २०८०/८१ का लागि सञ्‍चार मन्त्रालयको बजेट १२ करोडले बढाएका हुन् ।

चालु आवमा सञ्‍चारका लागि ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यस्तै सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट भने चालु आवको तुलनामा घटाएको छ । अर्थमन्त्री महतका अनुसार आगामी आवका लागि यस मन्त्रालयमा १ खर्ब ३१ अर्ब ३९ करोड रूपैयाँको बजेट विनियोजन गरिएको छ । चालु आवमा मन्त्रालयले १ खर्ब ६१ अर्ब रुपैयाँ बजेट पाएको थियो ।

मन्त्री महतले संसदमा पेश गरेको बजेटमा विभिन्न सडकमार्गहरुको निर्माण सुरु गर्ने, विस्तार गर्ने र नियमित कार्य जारी राख्ने उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार