ट्‍वीटरको लोगो ‘कुकुर’ राखियो, नीलो चरा हटाइयो

काठमाडौं। एलन मस्कले ट्‍वीटरको लोगो परिवर्तन गरेका छन्। मंगलबार मस्कले लोगोबाट नीलो चरा हटाएका छन् । त्यसको स्थानाम अब कुकर रहनेछ ।

मस्कले एक प्रयोगकर्तालाई ट्‍वीटमा आफूले गरेको वाचा पुरा गरेको पनि बताएका छन्। मस्कले गत अक्टोबरमा ट्‍वीटर कम्पनी खरिद गरेदेखि धेरै कुराहरु परिवर्तन गर्दै आइरहेका छन्।

ट्‍वीटरको लोगो परिवर्तन हुने बित्तिकै प्रयोगकर्ताहरू छक्क परेका छन्। कसरी यस्तो लोगो आयो भनेर एक अर्कालाई प्रश्‍न गर्न थालेका छन्।

एक प्रयोगकर्ताले सबैले लोगोमा कुकुर देखिरहेका छन्? भनेर सोधेका थिए। हेर्दाहेर्दै ट्‍वीटरमा ह्यासट्याग डोज ट्‍वीट हुन थाल्यो। प्रयोगकर्ताहरूले सोचे कि कसैले ट्‍वीटर ह्‍याक गरेको छ। केही समयपछि, एलन मस्कले एउटा ट्‍वीट गरे, जसले ट्‍वीटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट गर्‍यो।

जस्तै ब्लु टिकको शुल्क, कर्मचारी कटौती, सीइओ पराग अग्रवाललाई हटाउने कार्य समावेश थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार