अस्मिता र किरणको ‘सेल्फी मोबाइल’मा सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ‘सेल्फी मोबाइल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

गीतकार ज्ञानेश्वर तिवारीको शब्द , दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको सार्वजनिक गीतमा टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई निर्देशक माधव शर्माले कलात्मकशैलीमा देखाएका छन् । भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलरिङ रहेको छ । अम्बिका अधिकारीको निर्माण रहेको सेल्फी मोवाइल ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार