दर्शकको साथ र मायाले चलचित्र क्षेत्रमा फर्कने जोस आयो : पल शाह

काठमाडौँ । अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफू चलचित्र क्षेत्रमा नयाँ जोस र जाँगर आएको बताए । अगामी दिनमा पनि दर्शकको माया र सद्भावलाई आत्मसाथ गरेर अगाडि बढ्ने उनको भनाई छ ।

चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको एक कार्यक्रममा अतिथिको रूपमा सहभागी उनले ओझेलमा रहँदा आम दर्शक र गृह जिल्लावासीले गरेको माया र साथलाई कहिले पनि झुल्न नसक्ने बताए ।

‘आफूलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा माया गर्ने दर्शकहरूलाई धन्यवाद दिन्छु’ उनले भने ‘यो मायाको कदर र सम्मान सधैँ गर्नेछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार