बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

'मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा पुगेका छन् । त्यसका लागि बुधबार प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् ।

बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार