चायाबाट सजिलै छुटकारा पाउने १० घरेलु उपाय

काठमाडौं स् कपालमा चाया पर्नु आममानिसको एउटै समस्याजस्तै भएको छ।उक्त समस्याबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै प्रभावित हुनेगर्छन्। महिलाको कपाल लामो हुने भएकाले पुरुषको तुलनामा महिला बढी प्रभावित हुनेगर्छन्।तर समस्या र समाधानको उपाय भने एउटै हुन्छ।

जाडोभन्दा वर्षात्को समयमा चायाले बढी दुस्ख दिने गर्छ। वर्षात्मा फोहोर पानीले कपाल भिझ्ने हुँदा छालामा व्यक्टेरिया उत्पन्न हुन्छन्।यस्ता व्यक्टेरियाले छालामा विभिन्न समस्या निम्त्याउँछन्।जसका कारण कपालमा चाया पर्ने मात्र नभइ भएको कपाल पनि झरेर जान्छ।

त्यसैले वर्षात्मा बाहिर जानै परे छाता वा पानी छेक्ने सामग्री बोक्नुपर्छ।भिजेको कपाललाई राम्रोसँग सुक्न दिएर कोर्नुपर्छ। साबुन वा स्याम्पु राम्ररी पखाल्नुपर्छ।प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउनुपर्छ। सन्तुलित आहारविहारशैली अपनाउनुपर्छ।यति गर्दा पनि चाया पर्न रोकिएन भने घरेलु विधि प्रयोग गर्न सकिन्छ।

चाया हटाउने घरेलु विधि

स्याम्पुले नुहाउने

चायाको सबैभन्दा ठूलो कारण हो टाउकोको छाला राम्रोसँग सफा नहुनु । अधिक पसीना उत्पन्न गर्ने ग्रन्थिहरु बढी सक्रिय हुँदा पनि यो समस्या उत्पन्न हुन्छ । त्यसैले चायाको समस्या हुँदा कपालको सफाईमा विशेष ध्यान दिनुपर्छ । हप्तामा दुईदेखि तीन पटक कपाललाई कुनै राम्रो हर्बल स्याम्पुले धुनुपर्छ ।

तेल मालिस

कपालको सबै समस्या, खासगरी चायाको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस । तेल मालिसबाट कपाललाई पोषण मिल्छ । टाउकोको मांशपेशीहरु उत्तेजित हुन्छन् र रक्तसञ्चार पनि तिब्र हुन्छ । र, कपाल स्वस्थ, सुन्दर, बाक्लो, लामो बन्छ । त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ ।

बाफ

मालिसपछि कपालबाट फोहोरमैला सफा गर्नका लागि बाफ दिनुपर्छ । यसका लागि तातो पानीले तौलिया भिजाएर कपालमा राम्रोसँग लपेट्ने । बाफबाट कपालको जरामा फँसेको मैला तथा मृत कोशिकाहरु निस्कन्छन् र तेल पनि राम्ररी टाउकोको छालाभित्र पस्छ । जसले कपालको जरा बलियो बन्छ र चायाको समस्या पनि हट्छ ।

कागतिको रस

कागतिको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ ।

यदि कपालमा चाया छ भने तातो तेलमा कागतिको रस हालेर मालिस गर्दा चाया हट्छ । साथै कपाल र्झन पनि रोकिन्छ । नुहाउनुभन्दा अगाडि कागतिको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ ।

दही र मरिच

दहीको सेवनले टाउकोको छालाको रुखोपन हटाउँछ । यसले चायाको समस्या पनि हट्छ । दहीमा मरिचको चूर्ण मिलाएर कपाल धुनुपर्छ । यो क्रिया हप्तामा दुई पटक गरौं । यसले चाया हट्ने त छँदैछ, केस नरम, कालो र बाक्लो पनि हुन्छ ।

अमला

स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ । वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ ।

र, लगभग आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ । यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ । चायाको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो ।

सोइजन

सोइजनको पातको रस लगाउँदा चाया खत्तम हुन्छ । सोइजनलाई उमालेर तयार गरिएको लेदो नुहाउँदा टाउकोमा सेम्पुको रुपमा प्रयोग गरियो भने यसले बजारमा उपलब्ध कुनै पनि भिटामिन ई युक्त सेम्पुले भन्दा राम्रो काम गर्छ ।

मेथीबाट उपचार

मेथीमा निकोटिनिक एसिड वा प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ । यो लेपलाई आफ्नो कपाल र शिरमा कमसेकम ३० मिनेटका लागि लगाउनुपर्छ । ३० मिनेटपछि कपाललाई कुनै राम्रो सेम्पुले धुनुस । यसबाट चाया हट्नेछ, कपाल मजबुत हुनेछ र टुट्नबाट बच्नेछ ।

तिलको तेल

तिलको तेल लगाउँदा कपाल मकबुत, घना, लामो हुन्छ र साथै चाया पनि हट्छ । यसका लागि कपालमा तिलको तेलले मालिस गरौं । मालिसपछि कपाललाई तातो तौलियाले बफ्याउनु पर्छ । पाँच मिनेटसम्म यसो गर्नुस र त्यसपछि टाउका धुनुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार