सज्जा र बलबहादुरको ‘के यस्तो माया बस्यो नि’ मा सुरबिना र नाजिर ( भिडियो )

सज्जा चौलागाई र बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ ।

बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ । सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन । भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाई देखाइएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ‘के यस्तो माया बस्यो नि’ लाई दर्शकहरुको शतप्रतिशत पोजिटिभ कमेन्ट आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार