प्रधानमन्त्री प्रचण्ड र भीम रावलबीच भेटवार्ता

काठमाडौँ – नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर एमाले नेता रावलले प्रधानन्त्री प्रचण्डलाई भेटेका हुन् ।

भेटमा डोटी, अछाम, बझाङ र बाजुरामा केही समयअघि गएका दुई ठूला भूकम्पका कारण जनताले भोग्नु परिरहेको समस्या समाधान समाधानका विषयमा कुराकानी भएको रावलले जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले रावलले ध्यानाकर्षण गराएको विषयमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार