कोरोना अपडेट : थप १८८ जनामा संक्रमण पुष्टि, ७७ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । कोरोनाका कारण आज कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म तीन हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार आज थप ७७ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै नेपालका कोरोना मुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ ।

हाल एक हजार १२८ जना सक्रिय रहेको नेपालमा ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म २२ लाख ४५ हजार ३० वटा नमुनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार