संसद् बैठकमा गएनन् रास्वपाका सांसद

काठमाडौँ । संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठक जारी छ। १ बजेबाट सुरु भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू भने अनुपस्थित छन्।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको जनाइएको छ।

हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज प्रतिनिधिसभा बैठक सामूहिक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार