कांग्रेसको नीति महाधिवेशन वैशाखमा हुने

काठमाडौं । नेपाली कांग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशनमा जुटेको हो ।

१४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले बताए ।

‘यही फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउँछन् । पार्टी संगठन व्यवस्थित बनाएपछि नीति महाधिवेशन हुन्छ । वैशाखमा नीति महाधिवेशन गर्ने तयारी भइरहेको छ’, महामन्त्री थापाको भनाइ छ ।

गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार