प्रेम आचार्यले राज्यमन्त्रीलाई भनेका थिए -प्रधानमन्त्री र गृहमन्त्रीलाई पठाइदिनु

काठमाडौँ – आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । उनले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका थिए ।

इलामका ३६ वर्षीय आचार्यले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् ।

मंगलबार आर्चायले संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगो लगाएका थिए । प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएको थियो । चिकित्सकहरूले आचार्यको शरीरको ८० प्रतिशत भाग जलिसकेको बताएका थिए ।

आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए ।

उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई र प्रधानमन्त्री प्रचण्डलाई पनि पठाइदिन आग्रह गरेका थिए । उन फेसबुकमा ३६ वर्ष पार गर्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको र देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा र उद्योग चलाउँदा भोग्नुपरेका समस्या र ती समस्याहरूबाट पाएको ठक्करका चोटहरू उनले आत्मवृतान्तमा उतारेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार