ऋचाले अष्ट्रेलियामा पाइन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उनले छोटो फिल्म ‘ब्लड मनी’ उत्कृष्ट अवार्ड हात पारेकी हुन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डसहित उनी आउँदो बुधबार नेपाल फर्किँदैछिन् ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । फेस्टिभलमा यो फिल्मको कथावस्तुलाई गम्भीर र फरक रुपमा हेरिएको छ । फिल्मबाट विभिन्न देशका मेकरले नेपालमा छायाङ्कन गर्ने इच्छा देखाएको लेखक तथा निर्देशक अशोक तिमल्सिनाले जानकारी दिए । उनले यो फिल्मबाट विभिन्न फेस्टिभलमा पनि अवार्ड प्राप्त गरिसकेका छन् ।

फिल्मले सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’ को अवार्ड समेत जितेको छ भने विश्वका कयौ फेस्टिभलमा छनोट भएको छ । पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथावस्तुमा फिल्म निर्माण भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार