कोशी अस्पतालले मृत घोषणा गरेको शिशु जीवितै भएपछि…

विराटनगर – कोशी अस्पतालले मृत घोषणा गरिएका शिशु जीवित नै पाएका छन् । अस्पतालले मृत घोषणा गरेपछि दाहसंस्कार गराउन लगिएको बेला शिशु जीवितै भेटिएका हुन् ।

उनलाई आज बुधबार कोशी अस्पतालले मृत घोषणा गरेको थियो। तर, दाहसंस्कार बेला उनी चलमलाएपछि उपचारका लागि अस्पताल फर्काइएको हो।

१७ दिनको शिशुलाई बुधबार बिहान कोशी अस्पतालमा उपचारको लागि लगेका थिए। उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । आफन्तले दाहसंस्कार गर्ने बेलामा शिशुको शरीर चल्न थालेपछि अस्पताल पुराएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार