खनाल-नेपाल पक्षले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

नेपाल एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आइतबार राति ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल-नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको खनाल-नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले बताएकी छन् । ‘औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन’, उनले भनिन् ।

यस्तै उनले ओलीले अदालतलाई प्रभावित पार्नका लागि एकताको नाटक मञ्चन गरेको बताउँदै उनले ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको बताइन् । ‘उहाँले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गर्नु भएको प्रस्ट हुन्छ । केपी ओलीको जुन रवैया देखिएको छ, जस्तो मान्छेलाई सरकारमा सामेल अगाडि गइराख्नु भएको छ, त्यसले त सिद्धियो नि ?’ उनले भनिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार