बाँकेमा कम्प्रेसर मेसिन पड्किँदा एकको मृत्यु, दुई जना घाइते

बाँकेमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा पनि अन्य दुई जना घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीमा रहेको किसान फिड मिल प्रालिमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किँदा बारा कलैया उपमहानगरपालिका-१९ का २५ वर्षीय शाविराज मियाँको मृत्यु भएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डिल्ली खड्काले बताए ।

घटनामा सोही मिलमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भई रहेको खडकाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार