डिशहोमका ग्राहकले अब मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट पाउने

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँमा २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका छन् । डिशहोमको लाइफस्टाइल एचडी प्याकेजका ग्राहकहरुले मासिक २३३ रूपैयाँ तिर्दा २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका हुन् ।

हाल डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै यो सेवा उपलब्ध हुने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए । उनका अनुसार हाल काठमाडौं उपत्यकाको ९० प्रतिशत ठाउँमा डिशहोम फाइबर नेट पुगेको छ ।

साथै हेटौडा, इटहरी, इनरूवामा पनि डिशहोम फाइबर नेट उपलब्ध रहेको छ । सन् २०२१ भित्रमा देशका प्रमुख शहरहरुमा डिशहोम फाइबर नेट विस्तार हुने उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार