नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन | चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ९ः३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको हो । सबै चट्टान फोरेर हटाउन नसक्दा आज दुईतर्फी गाडी सञ्चालन गर्न नसकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिनुभयो । बिहानैदेखि रोकिएका मोटरसाइकल र साना सवारीहरु अहिले गन्तव्यतर्फ पठाईएको छ । ठुला गाडी छिर्न अझै केही ढुंगा पन्छाउनुपर्ने भएकाले रातिदेखि मात्रै सकिने आयोजनाले जनाएको छ । सार्वजनिक सूचना जारी गरेर आज विहान १० देखि ५ बजेसम्म…

Read More

बैज्ञानिक अनुसन्धानले पत्ता लगायो यौनसम्पर्क गर्दा निको हुने रोग

बैज्ञानिक अनुसन्धानले पत्ता लगायो यौनसम्पर्क गर्दा निको हुने  रोग

सामान्यतय यौनसम्र्पकका कारण मानिसको मानसिक तनाव केहीहदसम्म कम हुने कुरा नेपाली समाजमा पनि प्रचलित छ । मनमा विभिन्न तनाव उत्पन्न हुदाँ प्रेम वा बिपरित लिंगप्रतिको आर्कषण बढेर जाने भएकाले यसले मन शान्त बनाउने विश्वास पनि गरिन्छ । तर वैज्ञानिकहरुले भने यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् । आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको…

Read More

चुनावको मुखैमा राष्ट्रपति भण्डारी किन युएई जाँदैछिन् ?

चुनावको मुखैमा राष्ट्रपति भण्डारी किन युएई जाँदैछिन् ?

काठमाडौँ, २५ कात्तिक | राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्नुहुने भएको छ । यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जानुहुनेछ । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले आज साँझ जारी गरेको प्रेस…

Read More

कुखुरा बोक्ने गाडीमा काठ तस्करी

कुखुरा बोक्ने गाडीमा काठ तस्करी

सुर्खेत । सुर्खेतमा कुखुरा बोक्ने गाडीमा काठ तस्करी हुने गरेको पाईएको छ । सुर्खेको वीरेन्द्रनगर–६ पाण्डे एग्रोभेटको गाडीमा चिरान काठ तस्करी गरिरहेको अवस्थामा मध्यराती प्रहरीले चार जनालाई पक्राउ गरेको हो । कर्णाली राजमार्गको बांगेसिमल–बड्डीचौर सडक खण्डको बांगेसिमलबाट वन कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले चिरान काठसहित दुईवटा गाडी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सवारी चालकद्वय वीरेन्द्रनगर–२ गणेश सुनार र डोलबहादुर सुनार तथा सहचालक वीरेन्द्रनगर १८ का अजुन बस्याल र लाले रहेका छन् । जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले लु १ च ८३६३ र लु २ च…

Read More

उम्मेदवारमाथि शृङ्खलाबद्ध आक्रमण निन्दनीय छः वाम गठबन्धन

उम्मेदवारमाथि शृङ्खलाबद्ध आक्रमण निन्दनीय छः वाम गठबन्धन

रमेश लम्साल, काठमाडौँ | आफ्ना उम्मेदवारलाई केन्द्रित गरेर आक्रमण हुन थालेपछि वाम गठबन्धनले आपत्ति जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकार लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गठबन्धनले त्यस्तो आपराधिक क्रियाकलाप निन्दनीय र क्षमायोग्य नभएको प्रतिक्रिया दिएको छ । गठबन्धनले निर्वाचनको वातावरण बिगार्ने मनशायका साथ भइरहेको त्यस्तो गतिविधि क्षम्य नभएको बताउँदै त्यस्तो अराजनीतिक गतिविधि नगर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । झापामा निर्वाचन प्रचार अभियानमा रहनुभएका नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘वाम गठबन्धनबाट अत्तालिएकाहरुकै योजनामा बम पड्काउने र उम्मेदवारमाथि आक्रमण गर्ने प्रयास भइरहेकामा’ आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “केही…

Read More

नेपाली कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छः जोशी

नेपाली कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छः जोशी

काठमाडौँ | शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली कृतिलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वबजारमा पु¥याउन सकेमा भविष्यमा नेपालले नोबेल पुरस्कार जित्न सक्ने विचार व्यक्त गर्नुभएको छ । आज यहाँ साहित्यकार भाउपन्थी (तिलकप्रसाद शर्मा खनाल) लाई आख्यानकार ‘शंकर कोइराला स्मृति पुरस्कार’ प्रदान गर्दै उहाँले नेपालको साहित्य क्षेत्रमा प्रतिभावान मानिसहरु धेरै भए पनि उनीहरुको परिश्रम र मेहनत अझै अपुग रहेको बताउनुभयो । कलम साहित्य सिर्जनाको शक्ति भएकाले त्यसले सफलता पाउँदैन भन्ने हीनताबोध गर्न नहुने पनि उहाँको भनाइ थियो । उहाँले साहित्यकार शंकर कोइराला अध्ययनशील, मेहनती र राम्रा साहित्यकार भएपनि आफ्नो जीवनकालमा अवसर पाउन…

Read More

कार भएका र किन्नेहरुले जान्नैपर्ने केही कुरा: यसरी चलाउनुस सवारी साधन

कार भएका र किन्नेहरुले जान्नैपर्ने केही कुरा: यसरी चलाउनुस सवारी साधन

लाखौं रुपियाँ खर्च गरेर सवारी साधनको खरिद गर्ने उपभोक्ताले सवारी साधनको सुरक्षामा ध्यान नदिए चाँडै बिग्रिएर मूल्यहिन भएर जान्छन्। खराब सडकको अवस्था, सवारी व्यवस्थापन र पार्किङ गर्ने ठाउँको अभाव नेपालको सबैभन्दा ठूलो सवारी सुरक्षा चुनौती हो। जथाभावी पार्किङ गर्दा अन्य सवारी साधनसंँग ठोकिने, कोतरिने र पार्टपुर्जा टुट्ने फुट्ने हुनसक्छ। सडकमा भएका खाल्डा खुल्डी, धामपानी, हिलो र धूलोले सवारी साधनलाई क्षति पुर्याउन सक्छ। विगत २२ वर्षदेखि स्वयम्भुको छाउनीमा एमएस मोटरसाइकल वर्कसप सञ्चालक नरेश महर्जन कम्पनीअनुसार नै फरक–फरक समस्या देखिने आफ्नो अनुभव सुनाउनुहुन्छ। सबै कम्पनीका मोटरसाइकलमा एउटै समस्या देखिन्छ भन्ने छैन तर…

Read More

उम्मेदवार केन्द्रित बम आक्रमणदेखी त्रसियो निर्वाचन आयोग, सरकारलाई सोध्यो खै सुरक्षा

उम्मेदवार केन्द्रित बम आक्रमणदेखी त्रसियो निर्वाचन आयोग, सरकारलाई सोध्यो खै सुरक्षा

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गर्नुभएको छ । रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति भन्नुभयो, “उम्मेदवार लक्षित आक्रमण दुःखदहो, शुक्रबार र शनिबार  भएका घटनाबाट हामी गम्भीर भएका छौंँ ।” डा यादवले भन्नुभयो, यस्ता घटना कतै नहोस्, नदोहोरियोस् भनी गृह मन्त्रालयलाई सचेत गराउँदे यसबाट निर्वाचन नहोला कि भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभयो । सबै मतदाताले निर्भयपूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्नेमा जोड दिँदै डा यादवले भोलि९आइतबार० उच्चस्तरीय सुरक्षा संयन्त्रको…

Read More

‘कार्टुन्ज क्रु’को ‘दिलको भित्तामा’ एक दिनमै ट्रेडिङ ३ मा (भिडियो सहित)

‘कार्टुन्ज क्रु’को ‘दिलको भित्तामा’ एक दिनमै ट्रेडिङ ३ मा (भिडियो सहित)

काठमाडौं । चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रु’ले शुक्रबार सार्वजनिक गरेको नयाँ गीतको म्युजिक भिडियो एक दिनमै यू ट्युबको ट्रेडिङ ३ मा उक्लेको छ । शनिबार साँझसम्म यो म्यूजिक भिडियो ४ लाख २७ हजार ७ सय जनाले हेरिसकेका छन् । त्यसैगरी १ हजार १ सय १३ जनाले यो गीतबारेमा यू ट्यूबमै कमेन्ट पनि गरेका छन् । अल्मोडा राना उप्रेती, यन्जिला रेग्मी र नवीन रावलले स्वर भरेको यो म्युजिक भिडियोको गीत मिलन विष्टले लेखेका हुन् । यो गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले नै गरेका हुन् । ‘दिलको भित्तैमा’ म्युजिक भिडियोको निर्माण सरोज…

Read More

एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान चुनावले मात्रै रोकिएको होः दाहाल

एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान चुनावले मात्रै रोकिएको होः दाहाल

चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरु जुटेको बताउनुभएको छ । दिनभर चुनावी घरदैलो कार्यक्रममा सहभागी अध्यक्ष दाहालले पश्चिम चितवनको पटिहानीस्थित पदमपोखरीमा आज साँझ भएको चुनावीसभाका क्रममा अभियान अहिले निर्वाचनका कारण मात्रै रोकिएको बताउनुभयो । निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले निर्वाचनलगत्तै कम्युनिष्ट गठबन्धन एकतामा परिणत हुने जिकिर गर्दै अन्य कम्युनिष्ट पार्टीलाई समेत एक बनाएर एउटा केन्द्र निर्माणको प्रयास जारी रहेको बताउनुभयो । निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै नेता दाहालले सबै कम्युनिष्ट उम्मेदवारलाई…

Read More