काठमाडौं महानगरमा आजदेखि तीनदिन कोभिड-१९ विरुद्धको खोप अभियान

काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा मोर्डना र फाइजर खोप दिइनेछ ।

बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म तोकिएको स्थानमा पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप दिइने छ भने १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिइनेछ । साथै बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार