ओली जेठ २ मा नफर्किए अलग पार्टी बनाउने नेपाल पक्षधर भ्रातृ संगठनको घोषणा

नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट भ्रातृ संगठनहरूले पार्टी विधान विपरीत भएका निर्णय सच्याउन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । बिहीबार नेपाल पक्षधर १७ वटा भ्रातृ संगठनहरूका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।

बुधबारको बैठकपछि बिहीबार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको बताएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै उनीहरूले ती सबै खारेजयोग्य रहेको दावी गरेका छन् ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार