घाँस काट्न गएकी ६० वर्षीया महिलाको लडेर मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ की ६० वर्षीया गोमती साउद रहेकी छन्।

बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय बांगाबगडको पत्थरखानी भीरमा घाँस काट्ने वेला गोमतीको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार