दार्चुलामा नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- दार्चुलाको व्यास गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

व्यास गाउँपालिका ४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । विष्टलाई आइतबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको उनले जानकारी दिए ।

मंसिर ३ गते राति दुबै जनाको दार्चुला तिंकर सडकमा भेट भएको र दुबैले मदिरा सेवन गरेकाले विवाद हुँदा हत्या गरेको प्रहरीले जनाएको छ ।दुबैबीच एक आपसमा विवाद हुँदा दीपक विष्टले नरसिंह विष्टको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार