राजा आउनैपर्छ, हलो बोक्दा लाज छैन : रवीन्द्र मिश्र

‘संघीयता मुलुकले थेग्न सक्दैन, राजा आउँनै पर्छ’

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारीपूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने बताएका हुन्।

उनले भने, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठ्नुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ सबै स्वार्थ केन्द्रित छन्। जुन देश भूराजनीतिक रुपले संवेदनशील छ।’

राजनीतिभन्दा माथि उठ्नुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाए। मुलुकले संघीयता धान्नै नसक्ने जिकिर गरे। राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार