बर्दियामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु भएको छ । गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचकपुर बस्ने ३७ वर्षीया चन्द्रा विक र उनकी ३ वर्षीया छोरी दीपिका विकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

गएराति आफ्नो घरमा बसीरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका दुई वटा जंगली हात्तीले उनीहरुलाई आक्रमण गरेको थियो । आमा चन्द्राको घटनास्थलमै र छोरी दीपिकाको नेपालगन्ज मेडिकल कलेजमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय शान्तिबजार र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडि बढाउने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार