सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, २ गम्भीर घाइते

सिरहामा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ स्थित चोहर्वा–सिरहा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा सोही ठाउँका राजेन्द्रप्रसाद यादवको मृत्यु भएको हो । दुर्घटनामा दुईजना भने घाइते छन् ।

स९प ७२०३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको यादवको स १ प ७९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक यादव विष्णपुर गाउँपालिका ५ स्थित लक्ष्मीपुर माविका प्रधानाध्यापक हुन् । घाइतेहरू स ९ प ७२०३ नम्बरको मोटरसाइकलमा सवार कल्याणपुर १ बस्ने वर्ष २० का रमेश माझी र वर्ष २२ का सिकिन्दर वाँतर रहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था गम्भीर रहेको र थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार