ओलीलाई भेट्न ह्दयेश त्रीपाठी बालकोटमा

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी बालकोट पुगेका छन् । सोमबार त्रिपाठी चुनावी तालमेल र नागरिकता विधेयकका विषयमा छलफल गर्न ओली निवास बालकोट पुगेका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा एमालेको चुनाव चिन्ह सूर्य लिएर त्रिपाठी समुह चुनावमा गएको थियो । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकन थालेपछि त्रिपाठी बालकोट पुगेका छन् । त्रिपाठीले ओलीसँग सूर्य चिन्ह लिएर चुनाव लड्न प्रस्ताव गरेको बुझिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार