शिव परियार र रचना रिमालको स्वर रहेको ‘सुनको चन्द्रमा’ सार्वजनिक

चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा शंकर बिसी, शोवित बस्नेत ,उत्सव अधिकारी ,दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको । गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदि, थारु संस्कृति, बोटे संस्कृति, हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ ।

शंकर बिसीको निर्देशक तथा कोरियोग्राफर रहेको ‘सुनको चन्द्रमा’ लाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । नविन घर्ति मगरको सम्पादन रहेको यस गीतलाई रबि एण्ड उषा मिडियाले निर्माण गरेको हो । महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिव परियारको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार