प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका अधिकारीले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने भनेको थियो । सोही कारण बैठक बस्न नसकेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार