बागमती नदीमा डुबेर दुईजना भारतीयको मृत्यु

रौतहटको बागमती नदीमा डुबेर दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार अपरान्ह ४ बजे चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवैजना भारतिय नागरिकको शव आज भेटिएको हो ।

कारमा घुम्न आएका भारतको बिहारका ३० वर्षीय सुमन साह र २४ वर्षीय मयंक अग्रवाल र २१ वर्षीय रितेश साह डुबेका थिए । सुमन साहलाई स्थानीयहरुको सहयोगमा उद्धार गरिएपनि अन्य दुई जना भए बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गर्दा आज दिउँसो चन्द्रपुर ९ र बृन्दावन १ को सीमा ईलाका स्थित बलेरीखोर जंङ्गल नजिकै शव फेला परेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार