लुगा सुकाउने क्रममा घरको छतबाट लडेर महिलाको मृत्यु

Sunrise Bank Middle Size

सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो ।

छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । घाइते महिलाको त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि वीरगञ्जकै न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...