चामल निर्यातमा प्रतिबन्ध लगाउने तयारीमा भारत, नेपालसहितका देशहरु प्रभावित हुने

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । विश्व बजारमा चामलको मूल्य बढेसँगै भारतले निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो। विश्व बजारमा पछिल्लो ५ दिनमा चामलको मूल्य १० प्रतिशतले बढेको छ।

भारतको वित्त मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले चामल निर्यातमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको छ। यद्यपि यस विषयमा अन्तिम निर्णय भने भइसकेको छैन ।

चामल निर्यातमा प्रतिबन्ध लगाउँदा भारतबाट चामल आयातमा धेरै निर्भर रहेका देशहरुमा ठूलो दबाब पर्ने विज्ञहरु बताउँछन् । जसमा नेपाल, फिलिपिन्स, क्यामरुन र चीनजस्ता देशहरु पर्छन् ।

भारत यतिबेला बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न कठिन बन्दै गएको अवस्थाबाट गुज्रिरहेको छ। मुद्रास्फीति नियन्त्रण गर्न भारत सरकारले सन् २००८ मा गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्ध सरकारले २०१० मा हटाएको थियो । भारतमा फेरि एकपटक मुद्रास्फीति तीव्र गतिमा बढेको छ । जसका कारण फेरि चालम निर्यातमा प्रतिबन्ध लाग्ने अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार