काठमाडौं महानगर विकासका लागि उपमेयर डंगोलको तीन ‘स’ नीति

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर विकासका लागि आफूले ‘तीन स’ को नीति लिएको बताएकी छिन् । एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले काठमाडौं उपत्यकाभित्र एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले यस्तो बताएकी हुन् ।

उनले ‘तीन स’ को नीति नेकपा एमालेको घोषणापत्र अनुसार नै कार्यन्वयन गर्ने बताइन् । पार्टीको ‘गाइडलाइन’ अनुसार चल्ने उनको भनाई छ ।

डंगोलले भनिन्–देशभर निर्वाचित जनप्रतिनिधिले पार्टीको गाइडलाइन फलो गर्नेछौं । संगठन नै हाम्रो शक्ति हो,सबै कमरेडहरुको साथ सहयोग र संगठनको बलमा हामी सपल हुने हो । तपाईहरु हुनुहुन्छ र हामी छौं । सहकार्य र सबैको साथ आवश्यक छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार