सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १४.३७ अंकले बढेर परिसूचक २२३१.५७ बिन्दुमा रोकिएको छ ।

बुधवार २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता सेयर १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै आज ‘क’ वर्गका सेन्सिटिभ इन्डेक्स समेत २.४२ अंकले बढ्दै ४३५.०९ अंकमा पुगेको छ ।  तर समग्रमा १४ अंक माथिले नेप्से बढेको यस दिन कारोबार भने एक अर्बमा सीमित हुन पुगेको छ ।

बुधबार सबैभन्दा बढी अप्पर तामाकोशी हाईड्रोपावरको सेयर किनबेच भएको छ । कम्पनीको ८ करोड ३४ लाख ८ हजार ७४७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अरुण कावेलीको ४ करोड ७१ लाख ६८ हजार ७५७ रुपैयाँको सेयर किनबेच भएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार