काठमाडौंको नरदेवीको एक घरमा आगलागी

काठमाडौंको नरदेवीको एक घरमा आगलागी भएको छ । आज दिउँसो साढे तीन बजे आगलागी भएको हो ।

घरको भुइँ तलामा रहेको मासु पसलमा मासु पोल्ने क्रममा आगलागी भएको हो । मासु पसलको ग्याँसको सिलिन्डर पड्किएपछि आगो बढेको स्थानीयले जानकारी दिए ।

दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रनमा लिइएको थियो । घरमा सामान्य क्षति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार