धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी

सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका शिवशंकर महतो र उपप्रमुखमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी विजयी भएका छन् ।नेकपा एमाले जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन् ।

महतोले नेपाली कांग्रेसका जिल्ला सभापति तथा दोस्रो संविधानसभा सदस्य रामचन्द्र यादवलाई १५५ मत अन्तरले पछि पारे । महतोका निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत प्राप्त गरेका छन् । निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले भने ४ हजार ३६९ मत प्राप्त गरे ।

उपप्रमुखमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेका शोभा कुमारी वरालले ६ हजार ३७८ र निवर्तमान उपप्रमुख तथा नेकपा माओवादी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार