आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बुधबार तोलामा एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले बढेर एक हजार २५५ मूल्य कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार