चीनको सहयोग नआउँदा भक्तपुरमा अस्पताल बनाउन सकिएन : मन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा अहिलेसम्म अस्पताल बनाउन नसकिएको बताएका छन्र ।मङ्गलवार चाँगुनारायण नगरपालिका १ मा रहेको वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले अस्पताल निमार्ण नभएको दोष चिनलाई दिएका हुन् ।

उनले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरेको भए पनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण अहिलेसम्म अस्पताल निर्माण हुन नसकेको गुनासो गरे ।

मन्त्री खतिवडाले भने, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ । तर विभिन्न कारणले अवरोध भयो । अब यसलाई हामी अगाडि बढाउँछौँ । चिनियाँ विदेश मन्त्रीको भ्रमणमा यो एजेन्डालाई हामीले प्रवेश गर्न सक्यौँ र उहाँमार्फत चीन सरकारलाई सहमति गराउने स्थितिमा पुग्यौँ भने यो योजना अगाडि बढ्छ, बढाउनुपर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार