पल-गायिका प्रकरण : यस्ताे छ शाहको बयान

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा आज जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्याइएको हो ।

अभियोगपत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोगपत्रमा गरिएको छ ।

यता शाहविरुद्ध जाहेरी दिएकी नाबालिग गायिकाले मायाको नाटक गरी बिहे गर्ने झूठो आश्वासन दिएर तीनपटक जबर्जस्तीकरणी गरेको बयान दिएकी छिन् । प्रहरीमा नाबालिक गायिकाले दिएको बयानमा पोखराको प्राइम होटल, गैँडाकोटको रिसोर्ट र तनहुँका प्रदीप थापाको घरमा करणी गरेको उल्लेख गरिएको छ ।

यस्तै जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय, तनहुँले गरेको अनुसन्धानका क्रममा सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको उल्लेख गरेका हुन् ।

‘मलाई गाह्रो भयो, महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने म्यासेजहरु मलाई प्रेसित गरेकी थिइन्’ उनले भनेका छन्, ‘‘ छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।’

नाबालिग गायिकाको बयान- ‘कोठामा आउँ भनि राति १२ बजे म्यासेज गरे’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार